कांग्रेसले उपनिर्वाचनका लागि आइतबार उम्मेदवार टुंग्याउने

१४ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
21 Shares


काठमाडौं – नेपाली कांग्रेसले यही पुस १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो १७ गते आइतबार टुंग्याउने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि पुनः पदाधिकारी बैठक बसेर उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको हो ।

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाएको छ । उक्त बैठकको छलफललाई सेमत आधार बनाएर १७ गते बस्ने पदाधिकारी बैठकबाट उम्मेदवार टुंग्याउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कास्कीमा एउटा प्रतिनिधिसभा, दाङ, बागलुङ र भक्तपुरको एक/एकवटा प्रदेश सभासहित अन्य केही ठाउँमा स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया