चार वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

प्रकाशित मिति:

काठमाडौँ – बुधबार बारामा ५० वर्षीय एक व्यक्तिले चार वर्षीया नाबालिकामाथि जबरजस्ती करणीको प्रयास गरेका छन् । बाराको आदर्श कोतवाल गाँउपालिका–४ का शेख इसराईलले स्थानीय नाबालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

शेख इसराईल काठको घर बनाउने मिस्त्री हुन् । बालिकाको परिवार बाहिर गएको मौका छोपेर इसराईलले नाबालिकालाई करणीको प्रयास गरेका हुन् । करणीको प्रयास गर्दा नाबिलका रोएपछि आरोपी इसराईल फरार भएका छन् । घटनाका फरार आरोपी इसराईलको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । कोतवाल गाउँपालिकाका प्रमुख मुस्ताफ अन्सारी मुस्लिम समुदायका हुन् । फरार आरोपी इसराईल र गाउँपालिका प्रमुख आफन्त समेत रहेको खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।