प्रदेश सभा ५ ले १ सय १६ वटा कानुन बनाउँदै

प्रदेश सभा ५

प्रकाशित मिति:

प्रदेश सभा ५ ले १ सय १६ वटा कानुन बनाउँदैछ । तीमध्ये अधिकांश कानुन निर्माणका लागि प्रक्रियामा गइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । मन्त्रालयका कानुन सचिव भरतमणि रिजालका अनुसार ११६ वटा कानुन निर्माण गर्नुपर्ने पहिचान भएको छ ।
पहिचान भएका कानुनहरुमध्य नै १४ वटा पारित भइसकेका छन् । रिजालका अनुसार १२ वटाको ड्राफ्ट तयार भएको छ भने अन्यमा छलफल चलिरहेको छ । ५५ वटा ऐन अति आवश्यक भएको निश्कर्ष निकालिएको जानकारी दिँदै रिजालले कार्य्विधि, निर्दे्शिका, गठन आदेश लगायत १६ वटा विषय मुख्य प्रथमिकतामा परेको बताए ।
संघीय कानुन नबनेकाले प्रदेश ५ ले बनाएको लोकसेवा आयोगसम्ग सम्बन्धी कानुन भने थाती रहेको छ । ‘संघीय सरकारले लोक सेवा आयोगसँग सम्बन्धित कानुन नबनाएकाले प्रदेश लोक सेवा आयोगसँग सम्बन्धि कानुन पेण्डिङमा रहेको उनको भनाई छ ।,संघीय सरकारभन्दा अगाडि जान्छु भन्न नसकिने अवस्था रहेको उनको तर्क रहेको छ ।
चालु अधिवेशनमा सबै कानुन प्रदेशसभामा पेस गरिसक्ने लक्ष्य निर्धारण गरिएको जानकारी दिँदै रिजालले संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने २२ वटा कानुन त्यसभित्रै पर्ने जनाएका छन् ।