वृद्ध महिलाले बच्चा जन्माएपछि …

प्रकाशित मिति:

बेइजिङ – चीनमा एक ६७ वर्षीया महिलाले गत शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको बताएको छ ।

झाओझुआङ शहरकी निवासी टियान नाम दिइएकी ती महिलाको स्थानीय प्रसूतिगृहमा शुक्रबार शल्यक्रिया गरी सकुशल स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको हो । ती महिलाका पतिको उमेर पनि ६८ वर्षको छ । दुबैले नवजात शिशु ईश्वरको वरदान रहेको भन्दै खुशी व्यक्त गरेका छन् । जिनान टाइम्सका अनुसार यस दम्पतीको यसअघि दुई सन्तान थिए । चीनमा एक सन्तान नीति घोषणा हुनुभन्दा दुई वर्षअघि सन् १९७७ मा पछिल्लो छोरा जन्मिएका थिए ।