घृणा गर्नेलाई इलियानाको कडा जवाफ

१४ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
23 Shares


एजेन्सी -दक्षिण भारतीय अभिनेत्री इलियाना डीक्रुजले आफुलाई घृणा गर्नेलाई सामाजिक सञ्जालमार्फत कडा जवाफ दिएकी छिन् । उनले आफ्नो इन्स्टाग्रामबाट आफ्नो प्रशंसकहरुसँग बिहानको प्रेरणा पोष्ट साझेदारी गर्दै घृणा गर्नेलाई पनि अप्रत्यक्ष जवाफ दिएकी हुन् ।इन्स्टाग्राममा उनले सबैलाई पाएको मौकामा चम्किनुहोस्, घृणा गर्नेले गर्दै गर्छ भन्ने भाव प्रकट गरेकी छिन् । इलियाना एक भारतीय मोडलसँगै अभिनेत्री पनि हुन् । दक्षिण भारतीय फिल्मकी अभिनेत्री हिन्दी फिल्ममा पनि प्रवेश भैसकेकी छिन् ।

बर्फी जस्ता फिल्ममा उनको निकै राम्रो अभिनय देख्न पाइन्छ ।इलियानालाई अनीस बाज्मीको फिल्म “पागलपंती” मा देख्न पाइनेछ । यो वर्षको २२ नोभेम्बरमा थिएटरहरुमा हिट हुने फिल्ममा अनुमान गरिएको छ । फिल्ममा अनिल कपूर, जोन अब्राहम, अरशद वारसी, पुलकित सम्राट लगायत अन्य कलाकारहरू पनि छन् ।अभिनेत्री इलियानालाई अर्को वर्ष कुकी गुलाटी निर्देशित फिल्म “बिग बुल” मा अभिनेता अभिषेक बच्चनसँग देख्न पाइनेछ । यो फिल्मको छायांकन भइरहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया