माधव नेपाल अस्पताल शैयामा

१४ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
30 Shares


काठमाडौं-पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । उनी साँझ चावहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना भएका हुन् ।स्वास्थ्यमा समस्या आएपछि नेपाल चेकजाँचका लागि गएको र चिकित्सकले बेडरेस्टको सुझाव दिएको बुझिएको छ । नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पनि जान सकेनन् । उनी आफै अस्वस्थ भएकाले नगएको निकटस्थले बताए ।तर, भदौमा उपचारका लागि सिंगापुर जानुअघि ओलीले नेपाललाई गम्भीर आरोप लगाएपछि सम्बन्ध बिग्रिएको छ । ओलीले उनको स्वास्थ्यलाभको कामना पनि लिन मानेका थिएनन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया