कच्चा तेलमा नुहाइने अजरबैजानको अनौठो चलन !

१४ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी- मानिसहरु शरीर सफा र स्वच्छ शुद्ध पानीले नुहाउने गर्दछन् । तर अजरवैजानमा भने स्वस्थ रहन कच्चा तेलले नुहाइन्छ ।अजरबैजानस्थित नाफतलान नामको शहरमा मानिसहरु स्वस्थ रहन कच्चा तेलले नुहाउने गर्दछन् । यो सहरमा कच्चा तेलले नुहाइदिएर विरामीको उपचार गर्ने एउटा हेल्थ सेन्टर छ । जहाँ बिरामीहरुलाई कच्चा तेलले भरिएको बाथटबमा पसेर नुहाउन लगाइन्छ । यो स्वास्थ्यकेन्द्रमा छाला, नशा तथा बाथका रोगीहरु उपचारका लागि टाढा टाढाबाट आउने गर्दछन् ।कच्चातेलले भरिएको बाथटबमा डुबुल्की मारेर नुहाउनुका अलावा यहाँ अन्य विधिहरु पनि छन् । तर ४० डिग्री सेल्सियस तापक्रममा १ सय ३० लिटर कच्चा तेलले भरिएको बाथटबमा बिरामीलाई चोपलेर गरिने उपचार भने निकै लोकप्रिय छ ।दैनिक ७० जना विरामीको उपचार गरिने यस हेल्थ सेन्टरमा रुस, कजाकिस्तान तथा जर्मनी लगायतका देशबाट समेत मानिसहरु उपचारका लागि आउने गर्दछन् । तातो तेलमा नुहाउँदा हड्डी तथा छाला सम्बन्धी समस्याहरु निको भएको ग्राहकहरुको अनुभव छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया