खाद्य संस्थानको चामल गोदाममै थन्कियाे

१४ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
28 Shares


ओखलढुंगा-ओखलढुंगामा नेपाल खाद्य संस्थानले विक्रीबितरण गर्दै आएको चामल विक्री हुन छाडेपछि गोदाममै थान्किएको छ । व्यापारीहरूले सुलभ मूल्यमा गाउँगाउँमै चामल पुर्याउन थालेपछि नेपाल खाद्य संस्थान शाखा कार्यालय ओखलढुंगाले बिक्रीबितरण गर्दै आएको चामल बिक्न छाडेको हो ।संस्थानको चामल बिक्री हुन छाडेपछि गोदाममै थन्किएको छ । तराईबाट चामल खरिद गरेर ल्याउनुपर्ने र चामलको कुटानी खर्च समेत लाग्ने भएकाले लागतमा पनि वृद्धि हुने गरेको नेपाल खाद्य संस्थान शाखा कार्यालय ओखलढुंगाका प्रमुख रवनकुमार यादवले बताए । सरकारले बितरण गर्ने संस्थानको चामलको मूल्य बढेको र बजारमा उधारो कारोबार हुने भएकाले खाद्य संस्थानको चामलमा उपभोक्ताहरुको आकर्षण घटेको हो ।

केहि वर्ष पहिलेसम्म संस्थानमा चामल लिनेको लाइन लाग्ने गरेको भए पनि अहिले भने घट्दै गएको छ ।संस्थानले हाल दैनिक १ देखि १० बोरा सम्म मात्र चामल बिक्री गर्ने गरेको यादवको भनाई छ । जिल्लाका ग्रामिण भेगहरुमा स्थानीय सरकार सञ्चालनसंगै सडक सञ्जालले जेलिएपछि ब्यापारीहरुले गाँउगाँउमै चामल पुर्याउन थालेका छन् । गाउँघरबाटै उधारोमा चामल पाउने भएपछि संस्थानको चामल बिक्री हुन छाडेको संस्थानका प्रमुख यादवले बताए ।बाहिरी बजारमा भन्दा संस्थानको चामलको मूल्य बढी रहेको उपभोक्ताले बताएका छन् । चामलको मूल्य बढी भएको गुनासो गरेपछि मूल्य घटाउन खाद्य संस्थान ओखलढुंगाले केन्द्रिय कार्यलयमा पत्राचार समेत गरिएको कार्यलयले जनाएको छ ।news24

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गुठी विद्येयक छिट्टै अघि बढाउँछौं : मन्त्री अर्याल
  • हिसान जिल्ला स्तरीय वक्तृत्वकलाको उपाधी मणिमुकुन्दका सेजललाई
  • सहज परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
  • पशुपति क्षेत्रमा राख्न भारतबाट ल्याइएका मूर्ति मुलभट्टको निवासमा
  • यहुदीलाई ‘राष्ट्रियता’ को व्याख्या गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्प
  • पूर्व अर्थमन्त्री डा. रामशरण महतको पुस्तक सार्वजनिक
  • यि दुई डिएसपीका कारण देशको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत
  • स्वर्ण विजेता खेलाडीलाई ९ लाख दिने घोषणा, गौरिकालाई ११ लाख
  • चिकित्सा शिक्षामा ६८ विद्यार्थी, ७५ प्रतिशत छात्रबृत्तिका लागि छनोट (नामावलीसहित)
  • कानुन व्यवसायी भन्छन : ‘विधिको शासन सरकारबाटै मिचियो ’