बुटवलको देवीनगरमा रोपाई जात्रा सम्पन्न

प्रकाशित मिति:

बुटवलको देवीनगरमा विशेष कार्यक्रम गरि रोपाई जात्रा सम्पन्न गरिएको छ । कृष्ण जन्माष्टमीको अर्को दिन श्रीकृष्णको रथ यात्रासँगै, रोपाइजात्रा निकाल्दा भगबान कृष्ण प्रशन्न भइ, सुख शान्ती तथा ऐश्वर्य प्राप्त हुन्छ भन्ने जन विश्वास रहेको छ ।
रथयात्रामा रहेको राधाकृष्णको पुजा गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने बिश्वास लिइदै आएको छ । समाजिक संघ संस्थाको आयोजनामा भएको कार्यक्रममा स्थानियले निकै चाख पुर्व अवलोकन गरेका थिए ।
उता सन्धिखर्कको १०८ गणेश पाञ्चायन मन्दिर र चुत्राबेसीको अर्घाखाँचीको युवा परिषदले छुट्टाछुटै रोपाइ जात्रा निकालेका हुन ।
रथयात्रामा रहेको राधाकृष्णको पुजा गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने बिस्वास लिइदै आएको छ । रोपाइजात्रा तथा रथयात्रा चुत्राबेसीमा रहेको सिद्धेश्वर शिबालय मन्दिरबाट सुरु भइ चुत्राबेसीका बिभिन्न गल्ली परिक्रमा गरि पुरानो बस्पार्क, मिडीयाचोक, मेनरोड, शान्तीबगैचा , बैंक रोड, हुदै त्रिबेणीपुर हुदै पुन सिद्धेश्वर शिबालय मन्दिरमा पुगेको थियो ।
लोप हुन लागेको सस्कृति र परम्परालाई बचाउन र धार्मिक पर्यटक बढाउनकालागि सदाका बर्षहरुमा जस्तै यस बर्ष पनि रोपाइजात्राको आयोजना गरिएको अर्घाखाँची युबा परिसदका सदस्य प्रकाश भुसालले बताए ।
पञ्चेबाजा र झाकीका साथ निकालिएको रोपाइ जात्रामा भगवान श्रीकृष्ण र राधा संग सम्बन्धित भजन कृतनका साथ भक्तजनहरु छमछमती नाचेका थिए ।