मुलुकभर रगत अभाव  रक्तसञ्चार केन्द्रद्वारा रक्तदानको आह्वान

प्रकाशित मिति:

काठमाडौं –पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यका तथा मुलुकभरका अस्पतालहरुमा रगतको माग अत्याधिक बढेको छ । तर, माग अनुसारको रगतको पूर्ति भने हुन सकेको छैन रगत अभावकै कारण रक्तसञ्चार केन्द्रहरुमा रगत लिन आउने बिरामीका आफन्तहरुको घुइँचो लाग्ने गरेको छ । तर रक्तसञ्चार केन्द्रमा रगत नभएपछि आफन्तहरु त्यसै फर्किन बाध्य छन् ।

अस्पतालका रक्तसञ्चार केन्द्रमा रगत नपाएपछि बिरामीका आफन्तहरु नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा पुग्ने गर्दछन् । तर, त्यहाँ पनि रगतको अभाव नै रहेको छ । रगत लिन केन्द्रमा पुगेका बिरामीका आफन्तहरुले आफैले आफन्तहरु जम्मा पारेर रगतको व्यवस्थापन गरिरहेका छन् ।त्यस्तै केही मानिसहरुले भने रक्तसञ्चार केन्द्रले रगत वितरणमा भेदभाव गरेको बताएइरहेका छन् । केन्दमा दैनिक रुपमा दुईसय युनिट रगतको माग हुने गरेको छ । तर केन्द्रले उपलब्ध गराउन सकेको छैन । अहिले रक्तसञ्चार केन्द्रले सबैलाई रक्तदान गर्न आह्वान गरेको छ ।