हेर्नुस् ‘गुलाबो सिताबो’ मा आयुष्मान खुरानाको लुक

प्रकाशित मिति:

मुम्बई – हिन्दी फिल्म ‘गुलाबो सिताबो’ का मेकर्सले फिल्मको एक पोस्टर सार्वजनिक गरेका छन् । जसमा आयुष्मान खुरानालाई देख्न सकिन्छ । यो फिल्ममा आयुष्मान खुराना पहिलोपटक अमिताभ बच्चनका साथ देखा पर्दैछन् ।नयाँ तस्वीरमा अमिताभ बच्चन र आयुष्मान सडकमा देखिन्छन् । तस्वीरमा दुवै निकै फ्रस्टेड पनि देखिन्छन् । अमिताभ बूढोको भूमिकामा छन् भने आयुष्मान ब्राउन शर्टमा देखिएका छन् । तस्वीरमा दुई प्रहरी पनि देखिन्छन् । साथै एक प्रहरी भ्यान पनि देखिन्छ ।

सन् २०२० को फेब्रुअरीमा रिलिज हुने यो फिल्मको अहिलेदेखि नै चर्चा छ । फिल्ममा एक मालिक र भाडामा बस्ने युवकको सम्बन्ध र हुने झगडा देख्न सकिनेछ ।