राजपा नेपालले खटायो ५२ जिल्लामा पर्यवेक्षक

प्रकाशित मिति:

काठमाडौं- राष्ट्रिय जनता पार्टी राजपाले पार्टीका गतिविधि चुस्त बनाउन ५२ जिल्लामा पर्यवेक्षक खटाएको छ ।यही कार्तिक ८ गते बसेको राजपा नेपालको अध्यक्ष मण्डलको बैठकको निर्णय बमोजिम सबै जिल्लामा तदर्थ समितिको गठन गर्ने निर्णय गरेको हो ।

सोही बमोजिम मनोनित पर्यवेक्षकहरुलाई ५१ जिल्लामा खटाइएको संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।पार्टीको अधिवेशन सम्पन्न नहुन्जेल सुम्पेको कार्य निर्वाह गर्न सवै मनोनित सदस्यहरुलाई अनुरोध गरेको छ ।