कपिलवस्तु घटनामा मानवअधिकार आयोगको ध्यानाकर्षण

प्रकाशित मिति:

काठमाडौँ –राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सद्भाव कायम राख्दै संयमितरूपमा गतिविधिहरु सञ्चालन गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।आयोगका निर्देशक मुरारीप्रसाद खरेलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु संयमितरूपमा सञ्चालन गर्न, गराउन सरकारलगायत सम्बन्धित पक्षहरुलाई आग्रह गरिएको छ ।

लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर कपिलवस्तुको कृष्णनगरमा स्थानीय दुई पक्षबीच विवाद सिर्जना भई झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको र बुधबार गोली लागेर एक जनाको मृत्यु भएको भनिएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।उक्त घटना सम्बन्धमा अनुगमन गर्न आयोगको प्रदेश कार्यालय बुटवलबाट अनुगमन टोली बिहीबारै घटनास्थल पुगी अनुगमन गरिरहेको समेत आयोगले जनाएको छ । खबरहब बाट