निधारमा टीका लगाउनुका फाइदै फाइदा 

प्रकाशित मिति:

एजेन्सी –हिन्दू धर्ममा निधारमा टीका लगाउने परम्परा हुन्छ । कुनै पनि शुभकार्य, पूजा तथा मन्दिरमा भगवानको दर्शन गरेपछि निधारमा टीका लगाइन्छ । निधारमा टीका लगाउनुको पछाडि केही धार्मिक भावनाका साथै वैज्ञानिक आधार पनि छ ।टीका लगाउँदा हाम्रो निधारको पिट्यूटरी ग्रन्थी सक्रिय हुन लाग्छ । जसका कारण शरीरबाट अल्छीपना दूर हुन्छ । दिमागी शक्तिको विकास हुनुका साथै मानसिक तनावबाट मुक्ति मिल्छ ।

निधारमा नियमित रुपमा टीका लगाउँदा दीमागी नशा सक्रिय हुन्छन् । जसले हामीलाई इनसोमनिया र साइनस जस्ता रोगबाट बचाउँछ ।निधारमा हल्दीको चन्दन लगाउँदा त्वचा शुद्ध हुन्छ । किनकी हल्दीमा एन्टी ब्याक्टेरिय तत्व हुन्छ । जसले हामीलाई रोगबाट मुक्त राख्छ ।योगी तथा साधुहरु ध्यान शुरु गर्नुभन्दा अगाडि निधारमा टीका तथा तिपुण्ड लगाउँछन् । किनकी निधारमा नै आज्ञा चक्रमा उपस्थित पिण्डमा जोडिएका सबै नसाको समूह हुन्छ । यसरी टीका लगाउँदा मस्तिष्क शान्त रहनुका साथै मानिसक एकाग्रता बढ्छ ।