आजको मौसमः पूर्वी तथा मध्य पहाडी भू भागमा आंशिक बदली रहने

१५ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
25 Shares


काठमाडौं-जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।अरब सागरको पश्चिमि भागमा “क्यार” नामाकरण गरिएको चक्रवात अवस्थित रहेको महाशाखाले जनाएको छ । चक्रवात पनि विस्तारै कमजोर हुंदै पश्चिमी–दक्षिणपश्चिमी दिशा तर्फ बढिरहेको जनाएको छ । यस चक्रवातको प्रभाव नेपालमा नपर्ने जनाएको छ ।

मशाखाले बंगलादेश तथा आसपासका क्षेत्रमा एउटा निम्न चापिय प्रणालि रहेको र अर्को निम्न चापिय प्रणालि अरब सागरको दक्षिणपूर्वि भागमा विकसित भैरहेको जनाएको छ । यो पनि उत्तर–पश्चिमि दिशातर्फ बढिरहेको जनाएको छ ।यसैगरी मशाखाले शनिबार भोलि देशका पहाडी भू–भागमा आंशिक बदलि रहने सम्भावना रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।शनिबार राति पनि देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया