ऐन संशोधनको माग गर्दै चिकित्सकहरुले गरेको आन्दोलन जारी,,

प्रकाशित मिति:

मुलुकी÷फौजदारी संहिता ऐन संशोधनको माग गर्दै चिकित्सकहरुले गरेको आन्दोलन जारी छ । खासगरि सरकारी अस्पतालहरुमा यसको प्रभाव वढि परेको छ । सोमबार देशभरका अस्पतालका प्रशासन कार्यालयहरुमा काम अवरुद्ध भएको छ। यता बुटवलको लुम्बिनि अञ्चल अस्पतालमा चिकित्सकहरुको आन्दोलन भएपनि उपचारको असर खासै परेको छैन । आन्दोलन गरिरहेका डाक्टरहरुले आईतवार ईमर्जेन्सी सेवा वहेकका सवै सेवा प्रवाह बन्द गरेका थिए । तर लुम्विनि अञ्चल अस्पताल वाट आईतवार १९१ जना विरामीले ईमर्जेन्सी सेवाबाटै उपचार सेवा लिएका थिए । अस्पताल प्रशासनका अनुसार सोमबार पनि विरामीको उपचार भैरहेको छ ।
लुम्बिनि अञ्चल अस्पतालका सुचना अधिकारी लक्ष्मी राज रेग्मीका अनुसार चिकित्सकहरुको आन्दोलन जारी रहेपनि विरामीको उपचारमा प्रतक्क्ष असर नगरिएको बताउनु भयो ।

अन्दोलनक कारणले गर्दा सोमवार अञ्चल अस्पताल संग संगै देश भरका सवै सरकारी अस्पताहरुको प्रशासनिक कार्य प्रभावित भएको जनाईएको छ । यसैविच सरकार र चिकित्सक संघका प्रतिनिधिहरुविच राजधानीमा वर्ता समेत भएको बताईएको छ ।