प्रदेश ५ मै उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित मिति:

प्रदेश नम्बर ५ मा व्यवस्थापन संकाय तर्फको स्नातक तह चौथो बर्षमा प्रथम स्थान हासिल गर्न सफल कपिलवस्तु बहुमुखी क्याम्पसका बिद्यार्थीलाई सम्मान सहित नगर परिक्रमा गराईएको छ । कपिलवस्तु बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पसकी ५ नं. प्रदेश प्रथम हुने बिद्यार्थी सालिनी पाण्डेय सहितका उत्कृष्ट बिद्यार्थीको सम्मान गरि नगर परिक्रमा गराईएको हो । सो अवसरमा कपिलवस्तु बहुमुखी क्याम्पस देखी जिल्ला प्रशासन कार्यालय सम्म ¥याली गरिएको थियो । प्रदेशमै प्रथम हुने बिद्यार्थी पाण्डेयले ७८ दशमलब २ प्रतिशत अंक ल्याएकी छन । २४ जना बिद्यार्थी परिक्षामा सहभागी भएकोमा ८ बिद्यार्थी प्रथम श्रेणी सहित कुल १४ जना उत्रिर्ण भएका छन । आफुले प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै क्याम्पसको गुणस्तरीय शिक्षा र अभिभावकको सहयोगले सो नतिजा हासिल गर्न सकेको बिद्यार्थी सालिनी पाण्डेयले बताईन ।