वरिष्ठ नेताहरू तनहुँको सदरमुकाम दमौली आउने कार्यक्रम

१५ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


पार्टी सभापति देउवा,वरिष्ठ नेता पौडेल,महामन्त्री कोइराला र केन्द्रीय सदस्य भण्डारी लगाएत नेताहरू दमौली आउने नेपाली कांग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री डा।शशांक कोइराला र केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी तनहुँको सदरमुकाम दमौली आउने हुनुभएको छ।

गोवर्द्वन शर्मा स्मृति कोषको आयोजनामा प्रजातन्त्रका सेनानी नेपाली कांग्रेसका नेता स्व।गोवर्द्वन शर्मा पोखरेल आमवृत्तान्त मेरो जीवन यात्रा पुस्तकको लोकार्पण कार्यक्रम सहभागी हुनका लागि शनिबार नेताहरू दमौली आउन लागेका हुन्। उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा जिल्लाका प्रजातान्त्रिक प्रेमीहरूलाई उपस्थित हुन समेत आयोजकले आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया