सांसदको डेराबाट नगदसहित गरगहना चोरी

१५ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं- काठमाडौंको डेराबाट संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको दिनहाहाडै चोरी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा हिजो बुधबार दिउँसो चोरी भएको हो ।गौतम सिंहदरबार गएको र उनकी पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो दुईदेखि ४ बजेको बीचमा चोरी भएको गौतमको भनाइ छ । उनले घरबाट चोरले अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद चोरी गरेको जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया