महराको बयान बन्द इजलासमा

प्रकाशित मिति:

काठमाडौं  –जबरजस्ती करणीको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान काठमाडौं जिल्ला अदालतको बन्द इजलासमा गरिएको छ । महराविरुद्ध बिहीबार जिल्ला सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरेको थियो । अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले महराको बयान बन्द इजलासमा जारी रहेको बताए । बिहीबार ढिला गरी मुद्दा दर्ता भएकाले उनको थुनछेक बहस हुन पाएको थिएन । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले शुक्रबार बन्द इजलास र निरन्तर बयानको माग गरेको छ ।

‘सरकारी वकिलको माग स्वीकृत भए इजलासमा वादी, प्रतिवादी, साक्षी र न्यायाधीश मात्रै इजलासमा उपस्थित हुन पाउने छन् भने साँझसम्मै निरन्तर बयान हुनेछ’, एक अधिवक्ताले भने । बयानपछि थुनछेक बहस सुरु हुनेछ । बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश दिनसक्नेछन् । – अनलाइनखबर