विवाहित छोरीमाथि बलात्कार गर्ने बाबु पक्राउ

प्रकाशित मिति:

बारा– आफ्नी २२ वर्षीया विवाहित छोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा बरामा एक ३८ वर्षीय पुरुष पक्राउ परेका छन् । छोरीलाई धम्की दिएर पटक पटक बलात्कार गर्ने गरेको उजुरीका आधारमा प्रहरीले बाराको कलैया बस्ने ३८ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणका क्रममा उनीमाथि जबरजस्ती करणी भएको देखिएको बारा प्रहरीले जनाएको छ ।

पीडित युवतीको ०७५ माघमा विवाह भइसकेको थियो । तर, घरमा कुरा नमिल्दा उनी माइतीमा बस्दै आएकी थिइन् । माइतीमा बस्दा आफ्नै बुवाले धम्की दिएर आफूमाथि पटक पटक बलात्कार गरेको पीडित महिलाले बयान दिएकी प्रहरीले जनाएको छ । पक्राउ परेका पुरुषविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद थप भइसकेको प्रहरीले जनाएको छ ।