कपिलवस्तु घटनाको अनुगमनमा खटियो मानअधिकार आयोगको टोली

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले कपिलवस्तु घटनाको बारेमा आफ्नो टोलीले अनुगमन थालेको जनाएको छ । आयोगका तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर कपिलवस्तुको कृष्णनगरमा स्थानीय दुई पक्षबीच विवाद सिर्जना भई झडप भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको र सो क्रममा मिति २०७६ कात्तिक १३ गते गोली लागेर एक जनाको मृत्यु भएको भनिएकोे घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ ।’

आयोगले अगाडि भनेको छ, ‘उक्त घटना सम्बन्धमा अनुगमन गर्न आयोगको प्रदेश कार्यालय बुटवलबाट अनुगमन टोली विहीबार घटनास्थल पुगी अनुगमन गरिरहेको छ । सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु संयमित रुपमा सञ्चालन गर्न, गराउन आयोग नेपाल सरकारलगायत सम्बन्धित पक्षहरुलाई आग्रहगर्दछ ।’ बुधबार साँझ मूर्ति विसर्जनको क्रममा दुई पक्षबीच भएको झडपका क्रममा एक जनाको मृत्यु भएपछि तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।