शिक्षक सेवा आयोगले जारी गर्यो यस्तो नयाँ निर्णय

प्रकाशित मिति:

काठमाडौं – देश संघीयता ढाँचामा गएसँगै अन्यौलमा परेको स्थायी शिक्षकको कार्यसम्पादन मूल्यांकनको विषयमा शिक्षक सेवा आयोगले नयाँ निर्णय सार्वजनिक गरेको छ ।

जस अनुसार बाँकी रहेको शैक्षिक सत्र २०७४–७५ को कासमूको कार्य आगामी चैत १२ गते सम्म सक्नु पर्ने गरी आयोगले ७ सय ५३ वटै स्थानीय सरकार र ७७ वटा शिक्षा विकास तथा समन्वय एकाईलाई परिपत्र गरेको छ । हालै संशोधन भएको आयोगको नियमावलीको व्यवस्था उदृत गर्दै आयोगले ९ बुँदे परिपत्र गरेको हो ।