दही खानुका यस्ता छन् फाइदै–फाइदा जान्नुहोस्

प्रकाशित मिति:

एजेन्सी – एउटा नयाँ अध्ययनका अनुसार उच्च फाइबर र दहीको सेवनले फोक्सोको क्यान्सरको जोखिम कम गर्न सकिने देखाएको छ । यस्तो आहार हृदय रोग र ग्यास्ट्रोइंटेस्टाइनल क्यान्सरमा पहिले नै लाभदायक साबित भएको छ। अन्वेषकहरुका अनुसार यो नयाँ निष्कर्ष अमेरिका, युरोप र एशियामा करीव १४ लाख वयस्कहरुमा गरिएको अध्ययनको तथ्याङ्कको विश्लेषणमा आधारित छ । तथ्याङ्क अनुसार दही खानाले पनि फोक्सोको क्यान्सर रोक्न सकिन्छ । अध्ययनमा सहभागि भएका मानिसहरुलाई फाइबर र दहीको सेवनको आधारमा पाँच समूहमा विभाजन गरिएको थियो ।

सबै भन्दा दही र फाइबर खपत गर्नेहरूमा, फोक्सोको क्यान्सरको जोखिम ३३ प्रतिशत कम पाइएको थियो । यस अध्ययनले उच्च फाइबर र दही सेवनको सन्दर्भमा ठोस प्रमाण प्रदान गर्ने अमेरिकाको भान्डर्बिल्ट इन्ग्राम क्यान्सर सेन्टरका शोधकर्ता शियाओ ओयूले बताए ।विश्वमा एक करोड भन्दा बढी मानिसहरु उच्च रक्तचाप र कोलेस्ट्रालको सिकार भैरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यस रोगबाट वर्षेनी ७० लाख मानिसहरू आफ्नो ज्यान गुमाउँदै आएका छन् । नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी) राउरकेलाका वैज्ञानिकहरू यस रोगको उपचारको खोजीमा लागेका छन् । दहीमा भएका ब्याक्टेरियाहरूले यी रोगहरूलाई निको पार्न मद्दत गर्दछन् । खाद्य जीवविज्ञानी प्राध्यापक रसू जयबलान र एनआईटीको जीवविज्ञान विभागमा रहेको उनको टोलीले यो कुरा सम्भव भएको बताएको छ ।