विहेमा जम्मा ३०० खर्च गरेको भन्ने सन्जेलको झुट पदाफास

१९ भाद्र २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
19 Shares


बिहेमा जम्माजम्मी ३०० रुपैयाँ खर्च गरेको भन्दै शिक्षा अभियन्ता उत्तम सञ्जेल सोमबार एकाएक भाइरल बने । ४१ वर्षको उमेर वैवाहिक बन्धनमा बाँधिएका सञ्जेललाई उदाहरणीय काम गरेको भन्दै धेरैले बधाइ दिए ।

पशुपति क्षेत्रको गुहेश्वरीमा विवाह समारोहमा व्यवसायी उपेन्द्र महतो, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै वरिष्ठ पत्रकारहरु उपस्थित थिए ।

दुलाहा सञ्जेल टिसर्ट, पाइन्ट र चप्पलमा थिए भने दुलही कला अधिकारीले पनि कुर्था सुरुवाल लगाएकी थिइन् । सञ्जेलले २०० सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर किनेको भन्दै ३०० रुपैयाँमा बिहे गरेको सबैलाई बताए ।

यो खबर एकाएक भाइरल भयो । शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेका सञ्जेलले अर्को अनुकरणीय काम गरेको भन्दै समाचार बने, धेरैले बधाइ दिए ।

तर, साँझपख बिहेको एउटा तस्वीर सार्वजनिक भयो । जसमा सञ्जेल र कला जग्गेमा बसेका छन् । दुलाहा, दुहलीले अर्को माला लगाएका छन्, होम हालिएको छ । छेउमा लिंगो ठड्याइएको छ । पुरोहित पनि छन् ।

सञ्जेलको बिहे भइरहेको यो तस्वीर सुरुमा त धेरैलाई विश्वसनीय नै लागेन । सञ्जेललाई बदनाम गराउन फोटोसप गरिएको त होइन भनेर धेरैले आशंका गरे ।

तर, सञ्जेलले स्वीकार गरेका छन्, यो फोटोसप गरिएको होइन, साँचो तस्वीर हो ।

खासमा जब ३०० रुपैयाँमा बिहे गरेका सञ्जेल दुलाहा दुलहीलाई बधाई दिएर जब पाहुनाहरु हिडेँ, त्यसपछि गुहेश्वरीमा नै जग्गे हालेर पूजापाठ गरिएको रहेछ ।
स्रोत : अनलाईन खवर

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पश्चिम नवलपरासीमा ११ जनाको आरडिटि रिपोर्ट पोजेटिभ
  • चुनौतीलाइ चाङ पन्छाउदै अघि बढ्दै सियारीका प्रेम पन्थि : कृषी…
  • रुकुम हत्याकाण्डका दोषीलाई कारवाही नहुदा सम्म खवदारी जारी रहन्छ :…
  • संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…