आमरण अनसनको चेतावनीसहित कांग्रेस मुख्यालयमा नेविसंघको धर्ना

१५ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
12 Shares


ललितपुर – कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेका बेला शुक्रबार नेविसंघले सानेपास्थित केन्द्रीय कार्यालयमा नारावाजी र प्रदर्शन गरेको छ । नेविसंघको विधान विपरित पार्टीले ३२ वर्ष उमेर माथिको व्यक्तिलाई अध्यक्ष चयन गर्न लागेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । प्रदर्शनको नेतृत्व गरेका नवराज त्रिपाठीले नेविसंघको विधान विपरित पार्टीले निर्णय गर्न लागेकाले विरोध गरेको र बिधान कार्यान्वयन नभए आमरण अनसन बस्ने बताए ।

नेबिसंघका नेता मनिस सिम्खडाले भने‘नेविसंघका बुबा उमेरको अध्यक्ष बनाउने तयारी भएको सूचना पाएका छौं,’ उनले भने, ‘विधानअनुसार ३२ वर्ष उमेर हद भित्रको मात्र नेविसंघमा आवद्ध हुन पाउने प्रावधान छ । केन्द्रीय समितिले जारी गरेको नेविसंघको विधान पालाना हुनुपर्‍यो भन्ने हाम्रो माग हो ।’ पार्टी संस्थापनले आफु निकटलाई अध्यक्ष बनाउने आन्तरिक तयारी भएको सूचना पाएपछि विद्यार्थीले केन्द्रीय समिति बैठक बसेका बेला नारावाजी र प्रदर्शन गरेका हुन् ।

५० वर्ष पुगेका राजीव ढुंगालाई नेविसंघको सभापति बनाउन खोजेको चर्चा सुरु भएपछि त्रिपाठीसहितका विद्यार्थी नेताहरुले पार्टी सभापति शेरवहादुर देउवालाई घेरेर नाराबाजी गरेका हुन् । बचाउँछौं हामी नेविसंघ–विधान मिचे आमरण अनसन भन्ने मुल नारा बनाएका उनीहरुले टीके प्रथा खारेज गर, हनुमान नेता चाहिँदैन, विधान मिच्न पाइँदैन भन्दै नाराबाजी गरेका हुन् । पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका देउवालाई घेर्दै विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । विद्यार्थीहरुले आफुविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछि देउवा आक्रोशित हुँदै औंलो ठड्याएर अपशब्द समेत प्रयोग गरेका थिए । प्रदर्शन गर्ने नेता कुन्दन काफ्ले निकट मानिन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • शाइन रेसुंगा बैंकद्वारा प्युठानलाई ५० थान पीपीई
  • कोरोना भाइरसबाट कसरी बच्ने ,यसो भन्नुहुन्छ जनस्वास्थ्य विज्ञ डा. रविन्द्र…
  • रामग्राम नगरपालिका राहात कुहिएको चामल
  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार