कृष्णनगर घटनाः मृतकका परिवारले बुझे काजकृया वापतको २५ हजार

१५ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


 जितपुर –कपिलवस्तुको कृष्णनगरमा बिहिबार प्रहरीको गोली लागि मृत्यु हुने सुरजकुमार पाण्डेयको शव आफुन्तले बुझेका छन् । मृतक पाण्डेयको शब पोष्ट मार्टमको प्रकृया पुरा गरी आज परिवारलाई हस्तान्त्रण गरिएको हो । साथै मृतकका परिवारले काजकृया वापतको २५ हजार रुपैया बुझेका छन् । आज तौलिहवामा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले मृतकका हजुरबुबा ओमप्रकाश पाण्डेय लाई सो रकम हस्तान्त्रण गर्नुभएको हो । रकम हस्तान्त्रण गर्दै प्रजिअ श्रेष्ठले मृतकका परिवारले क्षतीपूर्ती वापत माग गरेको रकमको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । पाण्डेको बिहिबार प्रहरीको गोली लागि ज्यान गएको थियो । स्थानीय प्रशासनले कर्फ्यु जारी गरेकै सयमा निषेधाज्ञा तोड्न खोज्दा प्रहरीले चलाएको गोली लागि भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको हो ।कृष्णनगरमा लगाईएको कर्फ्यू भने जारी छ ।

वुधबार राति स्थानीयहर्रु यालिसहित तिहारको लक्ष्मीपूजामा पुजिएको लक्ष्मीको मूर्ति सेलाउन कपिलवस्तुको कृष्णनगर स्थित मस्जिदको बाटो भएर जाँदै थिए । त्यही क्रममा कृष्णनगर बजारमा केही मुस्लिम युवाहरुर्ले यालीमाथि अवरोध गर्न खोजे । यहि विषयले शुरु भएको विवादले झडपको रुप लियो । हिन्दू–मुस्लिम युवाहरुबीच भएको झडपमा दुबै तर्फका केही युवा र प्रहरी समेत घाइते भए ।कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराका अनुसार, झडप लम्बिदै जाँदा कर्फ्यु लगाउनु पर्नेसम्मको अवस्था सृजना भयो । ‘कपिलवस्तुमा विगतमा पनि साम्प्रदायिक दंगा, हत्या र आगजनीका रुपमा हिन्दू–मुस्लिमबीच झगडा हुँदै आएकाले प्रहरी प्रशासन निकै चनाखो छ’ प्रहरी उपरीक्षक जबरा भन्नुहुन्छ,‘ साम्प्रदायिकता भड्कन दिंदैनौं ’कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले धार्मिक स्वतन्त्रताको अधिकार सबैलाई हुने भएकाले त्यसको व्यवहारिक अनुभूति दिने कुरामा आफूहरु दृढ रहेको र त्यही अनुसार बातावरण मिलाउने दाबी गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…
  • लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मनरीमा सरोकावाला बीच…