अमेरिकामा ब्यबसाय गर्दै हुनुहुन्छ भने यसरी गर्नुहोस

१५ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
177 Shares


सानुबाबु सिलवाल/अमेरिका-अमेरिकामा बस्ने नेपालि दाज्जुभाइ दिदिबहिनिहरु आफुसङ्ग भएको सिड मनि डलर सदुपयोग गरि आफ्नै ब्यबसाय गरौ भन्ने सोच त राख्नुहुन्छ तर ब्यबसाय गर्दा कसरि गर्ने, यसका कानुनि आधार, उत्तरदायित्व, जिम्मेवारि र फाइदाहरु के के छन कस्तो खालको कम्पनि खोल्ने, कस्तो खालको कम्पनि खोल्दा फाइदा, बेफाइदा वा नाफा वा घाटा हुन जान्छरु कम्पनि कसरी खोल्ने कम्पनिका प्रकारहरु के के छन  आफुले सोचेको र जानेको ब्यबसायका लागि कुन कम्पनि खोल्दा उपयुक्त र उत्तम हुन जान्छरु त्यो कम्पनिका प्रकार मध्ये कुन चाहि लाभाकारि हुन जानेछ कालान्तरसम्म  ब्यबसाय गर्दा खोलिने कम्पनि चलाइरहदा, बेचबिखन गर्दा वा छोड्दा वा मुनाफा राम्रै हुदा वा घाटामा जादा कुन खाले कम्पनि लाभकारि हुन जानेछरु भन्ने जानकारि वा आइडिया धेरैलाइ नहुन सक्दछ र ब्यबसाय सन्चालन गरिरहने ब्याक्ति, परिवार वा समुहलाइ यस्ता कम्पनिका प्रकार, फाइदा एबम जिम्मेवारि एबम उत्तरदायित्वका बारेमा धेरै अनबिज्ञ रहेको पाएको छु मैले। यहि यथार्थतालाइ ध्यानमा राख्दै जानकारि नभएका, जानकारि लिन चाहने वा पुर्ण जानकारि नभएका सबैका निमित्त अमेरिकामा ब्यबसाय गर्नु पुर्ब खोलिने कम्पनिका प्रकार र यसका फाइदा एबम बेफाइदालाइ सामान्य ढङ्गले य्स लेखमा उतारिदिएको छु। बिश्वास छ कि यसबाट अमेरिकामा बस्ने वा भबिश्यमा अमेरिका आइ ब्यबसाय गर्ने योजनामा रहेका सबैका निमित्त यस लेखले केहि हदसम्म भएपनि सहयोग गर्नेछ।कम्पनि खोल्दा प्रायस तपाइ कर्पोरेशन, इन कर्पोरेटेड अर्थात इङ्क खोल्ने वा एल एल सि अर्थात लिमिटेड लायाबिलिटी कम्पनि खोल्ने यो एउटा गहन प्रश्न र कौतुहलता हुन्छ। इनकर्पोरेटेड इङ्क अन्तर्गत सि कर्पोरेशन वा एस कर्पोरेसन कुन खोल्ने कुन चाहि लाभकारि हुन जान्छ त कालान्तरमा वा ब्यबसाय सन्चालनको प्रक्रियामारु वा एल एल सि खोल्दा के हुन्छ तरु यसको बारेमा र यसका बिबिध प्रोज एन्ड कोन अर्थात फाइदा एबम बेफाइदा यस प्रकार रहेको छ।१० कर्पोरेसन कर्पोरेसनका दुइ प्रकार छन। एक सि कर्पोरेशन र अर्को एस कर्पोरेसन। अमेरिकामा अधिकाश ब्यबसायि र ब्यबसाय गर्ने समुदायहरुको अधिकतम छनौटको कम्पनि अन्तर्गत पर्दछ कर्पोरेशन इनकर्पोरेटेड अर्थात इङ्क। यस भित्र पनि फाइदा, शेयरहोल्डरको अधिकार, दायरा, सिमितता र जिम्मेवारिमा भारि फरक र भिन्नता छ। कर्पोरेशनमा प्रक्रिया, जिम्मेवारि एबम दुरुस्त राख्न अलि झञ्झटिलो र बढि कागजात बनाउनु पर्ने, अध्याबधिक राख्नु पर्ने र अपेडेटको खाचो र जरुरि भएता पनि यसमा कर छुट, शेयरहोल्डरका अधिकार, नाफा घाटामा कर एबम लायाबिलिटिमा छुट र कमाएको आम्दानिमा अधिकार र सम्पतिमा सुरक्षण एबम यसको उधोगति र अप्ठेरामा ब्याक्तिगत सम्पतिमा असर नपर्ने थुप्रै फाइदाहरु छन। एस कर्पोरेशन र सि कर्पोरेशन गरि यसलाइ बिभक्त गरिएको छ र य्सका फाइदा एबम घाटाहरु पनि फरक छन।

क एस कर्पोरेश यस अन्तर्गत दर्ता गरिएका इङ्क इन कर्पोरेटेडमा आम्दानिमा दोहोरो कर नलाग्ने हुन्छ। जसबाट कम्पनिको कर दाखिला गर्दा यसको मुनाफा शेयरहोल्डरमा बाडफाड पछि ब्याक्तिगत कर दाखिलामा यसको मुनाफामा कर तिर्नु पर्ने भए पनि यस अन्तर्गत कर्पोरेट कर तिर्नु नपर्दा एक खाले करबाट बच्न सकिन्छ। यस अन्तर्गत लगानिको अबसर बढाउन सकिन्छ भने बर्षमा एक पटक कर दाखिला गरे पुग्दछ यस अन्तर्गत। यस अन्तर्गत मालिकले कर्पोरेट कर तिर्नु पर्दैन। यस अन्तर्गत १०० शेयरहोल्डर भन्दा माथि जान पाउदैन। यहि सिमिततामा बस्नु पर्ने हुन्छ। यसको अर्को कानुनि बन्धन भनेको शेयरहोल्डरहरु अमेरिकन नागरिक, ग्रिन कार्ड होल्डर र रेसिडेन्ड एलियन्स हुनु आबश्यक छ। तर, कम्पनि दर्ता गर्दा एस वा सि कर्पोरेशन भनेर छुट्याउन बाध्यता छैन। कम्पनि दर्ता गरेको र ब्यबसाय सन्चालन गरेको ७५ दिनपछि आइ आर एसमा कुन चाहि हो भनेर उल्लेख गर्नु जरुरि हुन्छ।ख. सि कर्पोरेशन इङ्क यो सबै भन्दा उत्तम प्रकार हो कम्पनि सन्चालन र ब्यबसाय सन्चालनका लागि। यसमा शेयरहोल्डरको दायरा नहुने हुदा जति पनि शेयरहोल्डर थप गरि पुजि बढाउन र बिस्तार गर्न सकिन्छ यस अन्तर्गत। तर, समस्या चाहि के हो भने यसमा दोहोरो कर तिर्नु पर्ने हुन्छ। एक कर्पोरेसन आम्दानि कर र शेयरहोल्डरलाइ मुनाफा बाडचुड पश्चात शेयरहोल्डरले आफ्नो ब्याक्तिगत कर दाखिलामा मुनाफाको अर्को कर तिर्नु पर्ने हुन्छ। भबिश्यमा बित्तिय कारोबार, लेन्डर बिश्वास र क्रेडीबिलिटिमा यसले ठुलो राहत र सहयोगि चाहि हुन्छ है। यस अन्तर्गत ब्यबसायि वा कम्पनि मालिक अमेरिकन नागरिक हुनुपर्ने वा ग्रिन कार्ड वा रेसिडेन्ट एलियन्स हुनु पर्ने बाध्यता चाहि छैन। ब्यबसाय गर्न चाहने जो कोहिका लागि पनि यसबाट फाइदा लिनेछन। यस अन्तर्गत कम्पनिको नाफा घाटा लायाबिलिटी हरेक बर्ष कम्पनि मालिक सर्दैन तर एस कर्पोरेसनमा चाहि जानेछ।यसको अलावा कर्पोरेशनमा ब्याक्तिगत सम्पति सरक्षित र सुरक्षित हुनेछ। जस्तै यस अन्तर्गतको ब्यबसाय घाटामा गयो, कुनै पार्टी वा उपभोक्ता वा सरकारि निकायले वा कुनै भेन्डरले सु गर्यो भने वा कम्पनि ब्याङ्ककरप्सिमा गएमा आफुसङ्ग भएको घर, गाडि वा ब्याक्तिगत बैङ्कखाता वा पर्पर्टिमा असर गर्दैन वा ब्याक्तिगत खल्ति वा सम्पति लायाबल हुदैन। यो राम्रो पक्ष हो। त्यसै गरि कर सहजता एबम छुट, आफ्नो क्रेडीबिलिटिमा बिकास एबम बिस्वास बढ्न सक्ने, आफ्नो ब्रान्ड एबम उत्पादन सरक्षित हुने छ इनकर्पोरेडेट इङ्कमा। कम्पनि लायाबिलिटी र बोझ ब्याक्तिगत सम्पति एबम उत्तरदायित्वमा ट्रान्सफर वा एक अर्कामा लायाबल नहुने हुदा इङ्क उत्तम हुनेछ कम्पनि एबम ब्यबसाय सन्चालनमा। इनकर्पोरेटेड इङ्क अन्तर्गत करमा फाइदा एबम छुटबाट राहत मिल्न सक्दछ। जस्तै स्वास्थ्यमा प्रियम बिमामा कर छुट, मालिकलाइ स्व रोजगातदाता भएका कारण कर छुट, र बचत, कर्पोरेटेड आम्दानि सोसियल सेक्युरिटी, वर्कर कम्पेसेसन, मेडीकेयरमा कर छुट एबम बचत हुन जानेछ। इङ्क अन्तर्गत ब्यसायिक कम्युनिटी, निकायसङ्ग स्थापना, बिस्तार, साझेदारि र सम्बन्धमा इङ्क सहयोगि हुनेछ। इङ्क अन्तर्गत अबकाश जिवनका लागि पनि यसका सकारात्मक पक्षहरु छन। तर,कर्पोरेशन अन्तर्गत यसलऐ अध्याबधिक राख्न, अपडेट गर्न, कागजात चुस्त दुरुस्त राख्न र कागजात डकुमेन्टका बोझिला पक्षहरु भएपनि इङ्क ब्यबसाय सन्चालनका समग्रतामा थुप्रै हितकारि पक्षहरु छन सन्चालक र शेयरहोल्डरका लागि।२० एल एल सि लिमिटेड लायाबिलिटी कम्पनि अर्थात एक एल सि इनकर्पोरेट इङ्क भन्दा धेरै अर्थमा फरक एबम भिन्नता छ। कम्पनि दर्ता गर्दा यसका फाइदा एबम बेफाइदाका बारेमा बुझ्न र जान्न जरुरि छ। एल एल सिको सन्चालन प्रक्रिया सहज छ इङ्क भन्दा र सरल पनि। यसको सरचना सहज भएको हुदा सन्चालक सदस्यहरुको लायाबिलिटि बराबरि हुनेछ। यसमा पनि ब्याक्तिगत ऋण, सम्पति इङ्कमा झै कम्पनिसङ्ग नजोडिए पनि मालिक अर्थात एल एलसि सन्चालक सदस्यहरुको गैरजिम्मेवारि, गैरकानुनि र गैरउत्तरदायि बनेमा कम्पनिबाट सुरक्षित चाहि हुन पाउनेछैन। यसमा मालिक वा कम्पनि सन्चालक अमेरिकि नागरिक वा रेसिडेन्ट यलियन्स हुनु जरुरि छैन एल एल सि खोल्न र सन्चालन गर्न।

कम्पनिको सरचना परिबर्तन बिना नै लगानिको दायरा बढऔन र थप गर्न सकिन्छ यसमा। एल एल सिमा हरेक बर्ष इङ्कमा झै कर्पोरेट कर दाखिला आबश्यक छैन तर मालिक वा सन्चालक सदस्यहरुले कम्पनिको नाफा घाटा आफ्नो बौयक्तिक कर दाखिलामा चाहि शो गर्नु पर्नेछ फर्म १०६५ मार्फत। जसमा दोहोरो करबाट चाहि मुक्ति पाइनेछ। अरु ब्यबसायिक कम्पनि सरचन अझै एल एल सि छुट्टभिन्न कर इनटिटी भित्र पर्दैन।ब्यबसाय सन्चालनमा भन्दा ब्यबसायिक, कमर्सियल वा रेन्टल पर्पर्टिहरु किन्दा चाहि एल एल सि कम्पनि खोल्दा बढि लाभकारि र उत्तम हुनेछ र एल एल सि अनौपचारिक ढङ्गले सन्चालन गर्न पाउने हुदा यो सहज र सरल छ कर्पोरेशन भन्दा। यसका नराम्रा र बेफाइदाकारि पक्षहरु पनि उत्तिकै छन। जस्तै एल एल सि अन्तर्गत कम्पनि सन्चालक सदस्यहरु आफैले आफ्नो लागि पे चेक काट्न पाउदैनन अर्थात आफ्नो ज्याला आफैले भुक्तानि गर्न पाउने छैनन। आन्तरिक कर कार्यालय आइ आर एसले एल एलसिका हरेक मेम्बर सदस्यहरुलाइ ब्याक्तिगत प्रोपराइटरसिपको रुपमा ब्यबहार र हेर्ने गर्दछ। एल एलसि आफैले कर तिर्नु पर्दैन र यसले ट्याक्स रिटर्न फाइल गर्नु पर्दैन पनि। यस्का मेम्बर सदस्यहरुले आफ्नो आम्दानि घाटालाइ ब्याक्तिगत कर दाखिलामा फर्म १०४० अन्तर्गत दाखिला गर्नु पर्नेछ। एल एलसिमा आफ्नो अबकाश जिवन। जिवन बिमा पोलिसिमा रकम ब्यबस्था गर्न सक्दछ र एल एल सिले आफुसङ्ग भएको पर्पर्टि सम्पति आफ्नै अर्को कम्पनिलाइ लिजमा दिन र आम्दानि गर्न सक्दछ। र आर्थिक बोझ ट्रान्सफर गर्न सक्दछ पनि। सन्चालन प्रक्रिया सरल र कम बोझिलो छ एल एलसिमा। तर यसका बेफाइदाहरु पनि प्रशस्तै छन। एल एल सिको मुनाफा ब्याक्तिगत आम्दानिमा देखाउनु पर्ने हुदा कहिलेकाहि कर्पोरेट कर भन्दा महङ्गो पर्न जानेछ।एल एल सिमा कर्पोरेट इङ्क जस्तो डाइरेक्टर, मेनेजर, कर्मचारि बाडफाड हुदैन र यसमा सबै सन्चालकहरु बराबर हैसियतका हुनेछन जसबाट सन्चालन प्रक्रियामा झञझट र अप्ठेराहरु आइलाग्नेछन। को मालिक भन्ने खुल्दैन एल एलसिमा सबै शेयर होल्डर मेम्बर सदस्यहरु बराबरि हैसियतमा हुदा सम्झौता, हस्ताक्षर, ब्यबहार गर्दा भ्रम सिर्जना भै काम र सन्चालनमा थुप्रै कठिनाइ ब्योहोर्न पर्ने हुन्छ। ब्यबसायिक सम्पतिमा सिमित अधिकार, कम जिम्मेवार हुने हुदा ब्यबस्थापनमा सकट उत्पन्न हुन सक्नेछ। एल एलसिमा अमेरिका भन्दा बाहिरका लगानि प्रिफर्ड गर्दैन र अमेरिका भन्दा बाहिर जानै सक्दैन पनि। साथमा इनिसियल पब्लिक अफरिङ्ग आइ पिओ इङ्कमा झै हुदैन।अमेरिकामा सबै राज्यहरुमा समान निति र कानुन छैनन फेडरल कानुनको अलावा। भिन्न भिन्न राज्यहरुमा भिन्न भिन्न राज्य सरकारका आ आफ्ना पोलिसि र कानुनहरु छन कम्पनि दर्ता प्रक्रिया र सन्चालनमा। सेक्रेटरि अफ स्टेटमा त्यहि राज्यको नियम अनुसार कम्पनि दर्ता भैसकेपछि फेडेरल कर कोड फेडेरल ट्याक्स आइ डि डिपार्टमेन्ट अफ ट्रेजरिमा दर्ता गरि कर नम्बर प्राप्त भैसकेपछि फेरि सोहि राज्यमा आन्तरिक कर कार्यालयबाट राज्यको कर, सेल्स ट्याक्स नम्बर दर्ता गरि नम्बर लिनु पर्नेछ। यसपछि मात्रै कम्पनिलाइ ब्यबसायिक काम र सन्चालनमा बाटो खुल्नेछ र साथमा सिटि, काउण्टी एबम राज्य सरकारका अन्य कानुनि सम्बन्धित निकायबाट ब्यबसायको नेचर अनुसार थप लाइसेन्स र दर्ता आबश्यक हुनेछ। इजि छैन र सरल र सहज भनेजस्तो र सोचे जस्तो चाहि छैन अमेरिकामा कम्पनि दर्ता एबम ब्यबसाय सन्चालनमा। तर, ब्यबसाय सन्चालन र कम्पनि दर्ता गर्नु पुर्ब एकाउण्टेन्ट, सिपिए, वकिल र जानाकार ब्याक्ति एबम समुहबाट सुझाब र सल्लाह लिदा बाधा ब्यबधानहरुबाट बच्न र मुक्ति पाउन सकिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया