बलात्कार गरी महिलासँग उल्टै चार लाख मागियो

१६ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
56 Shares


काठमाडौं- जबर्जस्ती करणीपश्चात पीडित महिलासँग उल्टै चार लाख रुपैयाँ माग्ने र नदिए बेइज्जत गरिदिने भन्दै धम्की दिने एक व्यक्तिलाई रुकुम प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका –२ विजयश्वरी निवासी ४० वर्षीय दलबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।आरोपीले १९ असोज र ८ कात्तिकमा घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको प्रनाउ खड्काले जानकारी दिए ।

‘घरमा श्रीमान र बालबच्चा कोही नभएको मौका छोपी करणी गरी कसैलाई भनेमा मारी दिने धम्की दिएछ,’ प्रनाउ खड्काले भने, ‘पिडितले कसैलाई जानकारी नगराएपछि पुनः कार्तिक ८ गते पनि जरजस्ती करणी गरी ४ लाख नदिएमा बेईज्जत गरी दिने भन्दै मानसिक तनाव दिएपछि घटना बाहिर आयो ।’मानसिक तनाबका कारण आत्महत्या गर्ने भन्दै भेरी नदीमा जाने क्रममा श्रीमानले फेला पारेर सोधपुछ गर्ने क्रममा उनले घटनाको जानकारी गराएपछि प्रहरीमा करणी सम्बन्धी उजुरी परेको हो । प्रहरीले आरोपीलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ परेका चन्दविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ । राजधानीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया