अमेरीकामा रहेका नेपालीलाई सुझाव : ब्यबसाय पहिले त्यसपछि घर

प्रकाशित मिति:

सानुवावु सीलवाल – अमेरीका ।   दिगो आम्दानि र आय स्रोतको जोहो बिना नै अरुले उचालेको भरमा, अरुले रुख चढे म धुरि चढ्छु भने जस्तो घर किन्ने प्रतिस्पर्धा इगो सुर्रिएर​, हुर्रिएर बिना आर्थिक ब्यबस्थापन र योजना बिना घर किनेर घर तताउने हाउस वार्मिङ्ग पार्टि दिन हतारिदै छन हिजोआज नेपालिहरु अमेरिकामा। यस्तो नगर भनेर बारम्बार भन्दैछु। भ​एको रकम डाउन पेमेन्टमा हाल्ने, क्रेडीट कार्ड र साथि सङ्गिनिबाट सापट लिने, क्रेडीट कार्ड घोटेर घर सिगार्ने र मर्मत सम्भारमा लगाउछन​। यो टोटल रङ्ग आइडिया हो।घर नकिन पहिले। पहिले आफुसङ्ग भ​एको सिड मनिलाइ सदुपयोग गरि ब्यापार​, ब्यबसाय​, शेयर लगानि, कमर्सियल पर्पर्टि लगानि गर​। घर​, सुनचादि, गाडिमा लगानि गर्ने गर्दछन तर यो लगानिले उत्पादन दिदैन​। रकम मात्रै फस्दैन​, बाकि ३० बर्ष आर्थिक थप बोझ र जोखिममा पर्ने भयो।
डाउन पेमेन्टको साटो आफुसङ्ग भ​एको सिड मनिले तालिम लेउ, पढ्न जाउ, कुनै भरपर्दो क्षेत्रमा लगानि गर​, आफै खटिने गरि साना ब्यबसायमा हात हाल​, अनुभव लेउ पहिले। घरम अगरिने लगानिलाइ फ्रोजन इनभेष्टमेन्ट भनिन्छ​, यो थारो भैसि हो, दुध दिदैन​। ब्यबसाय एबम अन्य लगानि भनेको लैनो भैसिमा गरिने लगानि हो। जसबाट दुध र गोरस उत्पादन गरि थप आम्दानि थपिदिन्छ​।

लेन्डिङ्ग कम्पनि र बैङ्कले रोजेको खोजेको घरमा लगानि गर्न नमान्दा नमान्दै चर्को ब्याजदरमा फाइनान्स कम्पनि मोर्गेज दलालहरुबाट हतारमा हतारमा ऋण लिएर डुब्ने मेसोमा छन धेरै नेपालि अमेरिकामा।ब्यापार​, ब्यबसाय गर​, आफ्नो ओभरहेड काटेर नेट क्यास फ्लो कम्प्तिमा पनि एक देखि डेढ बर्षमा लगानि उत्रिनसक्दछ​,। त्यहि आम्दानिले घरको मोर्गेज तिर्छ​, थप आम्दानिले ब्यबसाय कमर्सियल पर्पर्टी जोड्छ​। बिरामि परे, काममा जानै नसके, २(४ महिना काम गर्न नसके पनि लगानि गरिएको रकमले आम्दानि खुरु खुरु घर ल्याइदिन्छ​। पहिले ब्यबसाय र सिड मनिको लगानि त्यसपछि घर खरिद​। सामान्य कमनसेन्स प्रयोग गरि आफ्नो सानो सिड मनिबाट अबसरको मुलुक अमेरिकामा साना ब्यबसाय एबम सानै लगानिबाट आर्थिक समुन्नति एबम स्वतन्त्रता प्राप्त गर्न सकिन्छ तर कमन सेन्स प्रयोग गर्ने र डेडिकेट चाहि हुनै पर्दछ​। त्यसैले ब्यबसाय पहिले त्यसपछि घर​। नबुझे सोध्न सक्नुहुनेछ​। सबैको जय होस​।