कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाह पक्राउ

प्रकाशित मिति:

नारद कोहार- कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छ। शाहलाई बहादुरगञ्ज चन्द्रौटाको बीचमा कसैको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक दिपशम्सेर जबराले बताए। पक्राउ परेका शाहलाई जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याईदै गरेको प्रहरी उपरीक्षक जबराले बताए।लक्ष्मीपुजाको मुर्ति विर्सजनमा विवाद सिर्जना गर्ने र झडपसम्मको अवस्था निम्त्याउने मुख्य व्यक्तिको रुपमा शाह माथि आरोप छ।

यसअघि, शाहलाई पक्राउ गरी नियम अनुसार कडा कारवाही हुनुपर्ने मागसहित सांसद अभिषेक प्रताप शाहले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका थिए।गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै घटनामा संलग्न रहेका आरोपी शाहलाई पक्राउ गरिने आश्वासन दिएको सांसद अभिषेक प्रताप शाहले बताए। सांसद शाहले कृष्णनगर घटनामा गोली लागी मृत्यु भएका २० वर्षीय सुरज कुमार पाण्डेयको आत्माको चीर शान्तिको कामना गर्दै पीडित परिवारलाई राज्यबाट उचित क्षतिपुर्तिको लागि माग गरेका छन्।