श्री महादेबी बहुउद्धेश्य सहकारी संस्थाको १९ औं साधारण सभा सम्पन्न

प्रकाशित मिति:

श्री महादेबी बहुउदेश्य सहकारी संस्था सैनामैना ६ को बार्षीक १९ औ साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चन्द्रप्रकाश बनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल केन्द्रिय कृषी सहकारी सघंका सदस्य नरबहादुर थापाले सहकारीनै समाज परिवर्तनका लागी संवाहक रहेको बताए । उनले सहकारीलाइ सबैले सहि रुपले सदुपयोग गनुपर्नेमा जोड दिए । कार्यक्रममा शहिद रामापुर बहुमुखी क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष डिल्लिराज ज्ञवाली, धर्मराज बस्याल , बिष्णु पाण्डे लगायतले बोल्नुभएको कार्यक्रमको सन्चालन संस्थाका सचिब खगराज भटराइले गरेका थिए भने स्वागत संस्थाकी लेखा समिती सदस्य तिर्सना थापाले गरेकी थिइन । यसैबिच संस्थाले बृद्धसम्मान अन्र्तरगत ७२ बर्षीय फुलमाया अधिकारीलाइ समेत सम्मान गरेको छ । सहकारीको अन्र्तराष्ट्रिय मुल्य र मान्यतालाइ आत्मसाथ गर्दै सहकारी ऐन २०४८ एव नियमावली २०४९ को परिधीभित्र रही एकका लागी सबै र सबैका लागी एक भन्ने सहकारीको मुलमन्त्रलाइ आत्मसाथ गर्दै समान आय एउटै उदेश्य र आबश्यकता भएका साबीक दुधराक्ष गाबीस हाल सैनामैना ५ देखी ९, सालझण्डी हाल सैनामैना १० देखी ११ गजेडी ,रुन्द्रपुर हाल कन्चन गापामा बसोबास गर्ने ब्यक्तिहरुका लागी कार्य क्षेत्र बनाइ २०५३ सालमा दर्ता भएको संस्थाले बिभिन्न सामाजीक कार्यहरु पनी गर्दै आइरहेको छ । आगामी दिनमा सहकारीले अझै रचनात्मक कामहरु गर्ने संस्थाका अध्यक्ष चन्द्रप्रकाश बनले जानकारी दिए ।