कास्की उपनिर्वाचन कांग्रेसबाट पत्रकार भण्डारीको चर्चा

प्रकाशित मिति:

पोखरा- आगामी मंसीर १४ गते हुन् गइरहेको उपनिर्वाचनमा कास्की २ को उम्मेदवारको लागि नेपाली कांग्रेसबाट पत्रकार विमला भण्डारीको चर्चा चलेको छ।तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको मृत्युपश्चात रिक्त पदको लागि हुन् गइरहेको उपनिर्वाचनमा नेकपाबाट स्वर्गीय अधिकारीकी पत्नी विद्या भट्टराईको चर्चा चलिरहँदा कांग्रेसबाट पत्रकारसमेत रहेकी भण्डारीको चर्चा चलेको छ।अहिले कास्कीका दलहरु उपनिर्वाचनको तयारीमा जुटेका छन्। यस निर्वाचनमा नेकपा र कांग्रेसको मूख्य प्रतिस्पर्धा छ। नेकपाले विद्याको नाम सिफारिस गरिरहँदा कांग्रेसले भण्डारीको नाम सिफारिस गरेको हो। कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट २०५३ देखि राजनीतिक यात्रा सुरु गरेकी भण्डारी अहिले पनि कांग्रेसका विभिन्न भातृ संगठनहरुको नेतृत्व गरिरहेकी छिन्।

पोखराको पृथ्वीनारायण क्याम्पसमा २०५८ देखि नेविसंघको राजनितिमा कृयाशिल रहेकी उनले २०६२ को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको नेतृत्व गर्दै होमिएकी थिइन्। नेविसंघको प्यानलमा सर्वा्धिक मत प्राप्त गरेकी भण्डारी अहिले कास्की कांग्रेसमा सकृय छन्।पोखरा १७ निवासी भण्डारी वडादेखी जिल्लाको राजनीतिमा लामो समयदेखी सकृय भएकाले पार्टीले उच्च मूल्याङ्गन गर्दै उम्मेदवारको लागि सिफारिस गरेको हो। विगत १९ वर्षदेखी पत्रकारिता क्षेत्रमा कृयाशिल भण्डारी नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य छिन्। यसैगरी नेपाल पत्रकार महासंघ शाखा कास्कीको उपाध्यक्ष रहेकी भण्डारी महिला पत्रकारहरुको संगठन संचारिका समूहको केन्द्रीय सदस्य पनि हुन्।रेडियो जननीको स्टेशन म्यानेजर रहेकी उनी महिला पत्रकारको नेतृत्व गर्दै आएकी छिन्। पर्यटन पत्रकार संघको गण्डकी प्रदेश संयोजक रहेकी भण्डारी नेपाल प्रेस युनियनको केन्द्रीय महिला विभाग सदस्यसमेत हुन्। पत्रकारिता र राजनीतिक क्षेत्रमा सँगसँगै कृयाशिल रहँदै कास्कीका करिव दुई दर्जन संघ संस्थाहरुको नेतृत्व पनि समाल्दै आएकी छिन्।

राजनीतिमा किन?

सामाजिक अभियन्ताको रुपमा कास्कीमा छुट्टै पहिचान बनाएको नाम हो विमला भण्डारी । भण्डारी राजनैतिक क्षेत्रमा नै किन भन्ने प्रश्न यतिवेला कास्कीमा नचलेको पनि होइन। उनी भन्छिन, ‘स्ववियु निर्वाचनमा होमिदै गर्दा मेरो मत सर्वा्धिक आएको थियो। कांग्रेस पार्टीको विभिन्न भातृ संगठनमा पनि रहेर काम गरे।परिवर्तनका लागि राजनीतिक नै मुलधार आवश्यक छ। राजनीतिक क्षेत्रमा आएका विकृति र विसंगतीलाई चिर्दै कांग्रेसको गरिमालाई उच्च बनाउन जरुरी छ। राजनीति बिना समाज परिवर्तनको विकल्पै छैन। यसैले उपनिर्वाचनमा होमिने सोच गरे ।’सामाजिकसँगै राजनीतिक नेतृत्वमा पनि महिला सहभागीता न्यून भएकाले निर्वाचनमा होमिने सोच उनको छ। ‘सभ्य भनेकै समाजको समृद्धि हो’ उनी दोहोयाउछिन्, ‘समाज परिवर्तनको लागि राजनीति एउटा माध्यम मात्र हो।यही माध्यमबाटै समृद्धि ल्याउन दलीय उम्मेद्वारी दिनु परेको हो ।’ नेपाल कम्युनिष्ट पार्टीले महिला उम्मेदवारी दिने चर्चा चलिरहँदा कांग्रेसले पनि महिला उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । चुलो चौकोमा मात्र सिमित रहने महिला अब राजनीतिक नेतृत्व र सत्तामा पुग्न जरुरी रहेको कांग्रेस अगुवा बताउछन्।उनी राजनीतिक रुपमा जिल्ला पार्टीमा मात्र नभई केन्द्रसम्मै आफ्नो पहुँच बनाउन सफल नेतृ हुन्। विगत लामो समयदेखी समाजसेवा र महिला अधिकारको क्षेत्रमा कृयाशिल भण्डारीले सुसंस्कृति राजनीति र समतामुलक समृद्धिको राजनीतिक यात्रालाई अगाडी बढाउनको लागि पछिल्लो पुस्ता जागरुक हुनुपर्ने बताइन्।लामो समयदेखी महिला अधिकारको क्षेत्रमा प्रशिक्षकको भुमिकासमेत निभाउँदै आएकी भण्डारी महिलालाई आफ्नो अधिकारमा सशक्त बनाउनको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकी छिन्। उनकै नेतृत्वमा कास्कीका १८ वटा वडामा एकैपटक २००२ मा महिला न्यायीक मञ्च गठन गर्दै महिलालाई जागरुक बनाउन जुटेकी भण्डारी निरन्तर मानव अधिकारको क्षेत्रमा पनि उत्तिकै कृयाशिल छिन्।कानूनी अधिकार स्थापना र महिलाको सवालमा मेरो अभियान जारी रहन्छ’ भण्डारी भन्छिन्। कास्की कांग्रेसले भण्डारीसहित १६ जनाको नाम सिफारिस गरेको छ भने नेकपाले पनि विद्यासहित ३ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ।