बार्सिलोनाको पोस्टमा ८ मिनेटमा लेभान्टेको तीन गोल

प्रकाशित मिति:

एजेन्सी –ला लिगा फुटबलमा शीर्ष स्थानको क्लब बार्सिलोना पराजित भएको छ ।बार्सिलोनाका स्टार मेस्सीले गरेको गोल जोगाउन नसक्दा बार्सिलोना पराजित भएको हो ।गएराति सम्पन्न खेलमा बार्सिलोना लेभान्टेसँग ३–१ ले पराजित भएको हो ।बार्सिलोनाका लागि मेस्सीले ३८ औं मिनेटमा गोल गरेका थिए ।दोसा हाफको ८ मिनेट भित्रमा लेभान्टेले तीन गोल गर्दा बार्सिलोना स्तव्ध बन्यो । उसका लागि ६१ औं मिनेटमा काम्पना ६३ औं मिनेटमा माइरोल र ६८ औं मिनेटमा राडोजाले गोल गरे ।

जितपछि बार्सिलोनाको ११ खेलबाट २२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियलको समान खेलबाट २२ नै अंक भएपनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।