स्थापना दिवस कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रामेछाप / नेपाल रेडक्रस सोसाइटीको ५६औं स्थापना दिवसका अवसरमा मंगलबार रामेछापमा विविध कार्यक्रम गरिएको छ । दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले मन्थलीको आकाशे देखि हाटेचौर सम्म र्याली आयोजना गरि सहभागीहरुलाई रेडक्रसको स्थापना तथा मानवीय सेवा तथा विपद्मा रेडक्रसको भुमिका र क्रियाशीलताका बारेमा जानकारी गराईएको थियो ।

त्यसैगरी रामेछापकै रामपुरमा भुकम्प प्रतिकार्य कार्यक्रम मार्फत सिद्धेश्वर आधारभुत बिद्यालयमा निर्मित अपांग, लैगिंक तथा वाल मैत्री शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको छ,

              

साथै भुकम्प प्रतिकार्य कार्यक्रम मार्फत विद्यालयमा अध्ययनरत ३५ जना शिशु कक्षाका विद्यार्थीलाई टिफिन वक्स वितरण समेत गरिएको छ ।

यसै बिच रेडक्रस दिवसको अवसर पारेर रामेछापको रामपुर स्थित जनता मा.बि मा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । बिद्यालयका ३०० जना बिद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको सरसफाई कार्यक्रममा बिद्यालय परिसरमा सरसफाई कार्यक्रम गरिएको थियो ।


खानेपानी आयोजनाको अनुगमन
मंगलबारै नेपाल रेडक्रस सोसाइटी भुकम्प प्रतिकार्य कार्यक्रम, खानेपानी सरसफाई तथा स्वच्छता गतिबिधी मार्फत रामपुरमा निर्मित बालकन्या खानेपानी योजनामा परिक्षणको रुपमा पानी तान्ने र वितरण गर्ने कार्यको नेपाल रेडक्रस सोसाइटी रामेछापका उपसभापति रामविष्णु वस्नेत, मन्त्री जयप्रकाश श्रेष्ठ, जिल्ला कार्यक्रम संयोजक जयराम बस्नेत पत्रकार महासंघ रामेछापका उपसभापति कैलाश खत्री, रामेछाप ५, रामपुरका वडा अध्यक्ष भिमबहादुर तामाङ सहितको टोलीले अनुगमन समेत गरेको छ । संस्थाले कार्यक्रम मार्फत एक करोड पचास लाख बराबरको सहयोगमा सम्पन्न गरेको योजना हस्तान्त्रणको प्रकृयामा रहेको कार्यक्रम संयोजक बस्नेतले जानकारी दिए ।