प्रहरीले यसपालि पनि जाडोमा लुगा नपाउने

प्रकाशित मिति:

काठमाडौं – प्रहरीले पछिल्लो दुई वर्षमा गरेको खरिदसम्बन्धी सम्पूर्ण फाइल लिएर अनुसन्धान थालेपछि प्रहरी प्रधान कार्यालयले यस आर्थिक वर्षको खरिद प्रक्रिया रोकेको छ । ठेकेदारसँग मिलेमतो गरेर खरिदमा अनियमितता गरेको उजुरी परेसँगै अख्तियारले छानबिनपछि यस वर्षका लागि अघि बढाएको टेन्डर प्रक्रिया नै रोकिएको हो ।

टेन्डर प्रक्रिया रोकिँदा यसपालि पनि प्रहरीले जाडोमा आवश्यक पर्ने न्यायो लुगा नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले ज्याकेट, उलन पाइन्ट–स्वेटर कटनका सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता मोजाजस्ता स्केलका सामान खरिदका लागि २६ साउनमा टेन्डर आह्वान गरिएको थियो । भदौ २४ गते टेन्डरको म्याद सकिएपनि अहिलेसम्म निर्णय हुन सकेको छैन ।