प्रधानमन्त्री अस्पतालबाट फर्किएपछि मन्त्रिपरिषद् बैठक शुरु

प्रकाशित मिति:

काठमाडौं – मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा आलीको अध्यक्षतामा केही बेर अघि मन्त्रिपरिषद् बैठक शुरु भएको प्रधानमन्त्री प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । ‘प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरिरहनु भएको छ । बैठक जारी छ’ अर्यालले भने ।

विहान ११ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि गएपछि केही बेर पर सरेको थियो । प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर चिकित्सकसँग परामर्श गरेका छन् । प्रधानमन्त्री ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा छातीको एक्सरे गरिएको थियो । छातिमा पानी जमेको देखिएपछि प्रधानमन्त्रीको छातीको एक्सरे गरिएको थियो ।