नेपाली कथानक चलचित्र ” धुम्ली “को ९० प्रतिशत छायांकन सम्पन्न

प्रकाशित मिति:

सुदिप गौतम / बुटवल – पछिल्लो समय बुटवलमा पनि ठुला चलचित्रहरु निर्माण हुने क्रम पनि बढिरहेको छ । युवा चलचित्र निर्देशक पछिल्लो समयका व्यस्त निर्देशक दीपक परियार ले निर्देशन गरेको सामाजिक कथाबस्तुमा आधारित चलचित्र ” धुम्ली “को ९० प्रतिशत छायांकन सम्पन्न भएको निर्माण युनिटले जानकारी दिएको छ । चलचित्रको लागि केहि दृष्य खिच्न बाकि रहेको र सबै दृष्य खिचेर सकिएपछि चलचित्रको प्रदर्शन मिती सार्बजनिक गरिने चलचित्र निर्माता मध्यका एक निर्माता तथा कथा लेखक सुदन गौतम सिडले बताए

चलचित्रलाई तुल बहादुर थापा र सुदन गौतम ले मिलेर बनाएका हुन् । बलात्कृत नारीको कथा व्यथामा चलचित्र निर्माण भएको हो ।चलचित्र मार्फत बलात्कृत नारीले बलात्कारीलाई कस्तो सजाय दिदा उपयुक्त हुन्छ त् भन्ने संदेश दिन पनि खोजिएको छ त्यसैले सबैलाई एकपटक हेर्न आग्रह पनि यसै चलचित्रका निर्देशक दीपक परियारले गरेका छन । धुम्ली चलचित्र बाट दर्शकले राम्रो चलचित्र हेर्ने चाहाना पुरा हुने निर्देशक परियारको भनाई छ ।

चलाचित्रको कथा उत्कृस्ट बनाउन भरपुर् मिहेनत गरेको चलचित्रको स्क्रिप्ट लेखक सुदन गौतम ले बताए,उनि भन्छन भगवान दर्शकहरुको हातमा छोडिदिएका छौ चलचित्र प्रदर्शन पछि दर्शकले मनपराउने उनले बिश्वास लिए । चलचित्रमा सुरेन्द्र बराल, बोम बहादुर थापा , माया थामी , बिनय उदय , गोपाल परियार ,निशा पाण्डे , निशा सुनार नारायण पराजुली,लक्ष्मण बस्नेत रोशनी सापकोटा ,मान प्रसाद सुबेदी , बिष्णु पाण्डे , कुलचन्द्र पुरी, यमबहादुर पुन लगायतको अभिनय रहेको छ । चलचित्रको सम्पूर्ण प्रोडक्सनको काम स्टुडियो मेघाहर्ज बुटवलले लिएको छ ,भने चलचित्रमा एक्सन (फाईट ) गोपाल परियार ले गरेका छन । छायांकन र निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक दीपक परियारले गरेका छन । चलचित्रको छायांकन बुटवल आसपासका क्षेत्रमा गरिएको छ |हेर्नुहोस चलचित्रमा सुटिंग गरिएका केहि तस्बिरहरु