मुहम्मद जयन्तीको सार्वजानिक बिदाका लागी अल बरकात गृह मन्त्रालय सम्म

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु – मुस्लिम समुदायलाई नेपाल सरकारले दिदै आएको ईद, बक्रा ईद तथा मुहम्मद जयन्ती का तिन वटा राष्ट्रिय बिदा कटौती गरेकोमा मुस्लिम समुदाय निराश भएका छन । मुस्लिम समुदायहरुको ठुलो आस यस सरकार प्रति रहेको ले यि तिन वटा ईद , बक्रा ईद तथा मुहम्मद जयन्तीा महान चाड पर्बको बिदा कटौति गरेरा मुस्लिम समुदायलाई ठुलो ठेस पुगेको मुस्लिम समुदायहरुले गुनासो पोखेका छन । त्यसै सन्दर्भमा अल बरकात मुहम्मद जयन्ती पर्वलाई राष्ट्रिय बिदाका रुपमा मान्यता दिइ सार्वजानिक बिदा घोषणा गर्न माग गरेका छन ।

मुस्लिम समुदायको तेस्रो महान चाड पर्बको रुपमा रहेको मुहम्मद जयन्ती यही कार्तिक २४ गते आईतबारका दिन पर्दछ । अल बरकातका तर्फ बाट अहमद हुसैन रजवी, गुलाम गौस अन्सारी, अमजद अन्सारी, अल नेपाल मुस्लिम संगठनका सिराज फारूकी, नेपाल हज समितिका अध्यक्ष शमसेर मियांको सामुहिक उपस्थितिमा मुहम्मद जयन्तीको दिन सार्वजानिक बिदा दिनु पर्छ भनि गृह मन्त्रालयको निवास पुगी माननीय गृह मन्त्री राम बहादुर थापा (बदल) लाई ज्ञापन पत्र बुझाएका छन ।