डीएसपीले तिघ्रा छेडिदिने धम्की दिएपछि तरुण दल नेताले दिए मानवअधिकार आयोगमा उजुरी

प्रकाशित मिति:

काठमाडौं – तरुण दल बाँकेका कोषाध्यक्ष तथा निर्माण व्यवसायी केशर खड्काले कोहलपुरका डीएसपी हेम शाहीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै मानवअधिकार आयोगमा उजुरी दिएका छन् । शाहीले आफूलाई मानसिक यतना र धम्की दिएको भन्दै खड्काले आज आयोगमा उजुरी दिएका हुन् ।

धम्कीको अडियोसमेत सार्वजनिक भइसकेको बताउँदै खड्काले डीएसपी शाहीले आफूसँग दसैंमा एउटा खसी मागेको तर आफूले नदिएपछि उनले गोली हानीदिने धम्की दिएको बाह्रखरीसँगको कुराकानीमा बताएका छन्। “दसैं आयो एउटा खसी त दिनुहोला नि भन्दै डीएसपीले भनेका थिए,” खड्काले बाह्रखरीसँगको कुराकानीमा भने, “तर मैले खसी नदिएपछि केही दिनअघि मेरो तिघ्रा छेडिदिने धम्की दिए । मेरो जीवनरक्षाको माग गर्दै म मानवअधिकार आयोग गएको हुँ ।” सार्वजनिक भएको अडियो डीएसपी शाहीकै हो वा होइन भन्ने पुष्टि भएको छैन । कोहलपुरका डीएसपीले तिघ्रा छेडिदिने धम्की दिएको भन्दै तरुण दल नेताले गुहारे मानवअधिकार आयोग