सुनकोशीमा खसेर दुर्घटनाग्रस्त भएको बस निकालिँदै

प्रकाशित मिति:

दोलखा – दोलखाको मागेदेउरालीबाट काठमाडौँतर्फ आउँदै गर्दा सुकुटेस्थित सुनकोशीमा खसेर दुर्घटनाग्रस्त भएको बस आइतबार निकालिँदै । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दुर्घटनाग्रस्त बस सुनकोशी खोलाबाट निकालिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी जुटेर खोलाबाट बस बाहिर निकालेका हुन् ।

दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । केही शवहरु भने खोलाले बगाएको छ । बसमा ४० बढी सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उनले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए ।