स्वास्थ्यलाइ प्रबिधिसग जोड्दै साथी फार्मेसी……

प्रकाशित मिति:

पछिल्लो समय स्थास्थ्य क्षेत्रमा पनी बिभिन्न नया नया प्रबिधिको प्रयोग बढेसगै सेवाग्राहीहरु पनी प्रबिधिसग आर्कषीक हदै गइरहेका छन । यसैबिच बुटवल ६ मैत्रीपथमा रहेको साथी फार्मेसीले आफ्नै अपरेटिङ सिस्टम ( मेरो स्वास्थ्य) मार्फत फार्मेसीतर्फ पहिलो पटक सेवा शुरु गरेको छ । सामान्य अथवा दिर्घ रोगीहरुले दैनीकरुपमा प्रयोग गर्ने औषधीको सहि अनुपात,समय र प्रयोगबिधि नजान्दा रोगीहरुमा औषधीले गर्नुपर्ने राम्रो असर भन्दा नराम्रो असर बढी भएको कारण त्यसलाइ न्युनिकरण गर्ने हेतुले मेरो स्वास्थ्य मोबाइल एप्स पनी सन्चालनमा ल्याएको छ । बिरामीको तथ्याकं संकलन गर्ने र जुनसुकै बेला पनी आफ्नो चिकित्सकलाइ भेट्दा पुरानो तंथ्याक देखाएर गुणस्तरीय सेवा होस भन्ने ध्येयले मेरो स्वास्थ्य को अबधारणा ल्याएको फार्मेसीका सन्चालक दिनेश पोख्रेलले जानकारी दिए । यो सेवा अहिले रुपन्देहीमा मात्र शुरु गरिएको र बिस्तारै क्षेत्र बढाउदै लाने पोख्रेलले बताए ।अन्य बिबिध जानकारीको लागी मेरो स्वास्थ्यको फेसबुक पेज र साथी फार्मेसीमा सम्पर्क गर्न सकिने उनले बताए ।