श्री जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेड ९औं बार्षिक साधारणसभा शनिबार सम्पन्न

१७ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल/नवलपरासी-पश्चिम नवलपरासीको श्री जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल–१२, भुमहिको ९ औं बार्षिक साधारणसभा शनिबार मोतिलाल क्याम्पस भुमहीको प्राङ्गणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षता एवं सुनवल नगरपालिकाका नगर उपप्रमुख दधिराम आर्यालको प्रमुख आतिथ्यता तथा सुनवल नगर कार्यांपालिका प्रवक्ता एवं वडा नम्बर १३ का वडाध्यक्ष कृष्ण प्रसाद देवकोटाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि आर्यालले सुनवल नगरपालिकामा १४ वटा सहकारी प्रदेश र ४८ वटा सहकारी नगरपालिकाको अधिनमा रहने गरि कार्य गरि रहेका र अब एकै प्रकृतिका सहकारी संस्थाहरु एकीकरण गरि आफ्ना शेयर सदस्यहरुलाई आत्म निर्भर बनाई उत्पादनसंग जोडिने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । सोही कार्यक्रममा विशिष्ट अतिथि कार्यापालिका प्रबक्ता देवकोटाले सुनवल नगरपालिका सहकारीमय रहेको र सहकारीको पुजीलाई व्यवस्थीत बनाउदै शेयर सदस्यको आर्थिक उन्नतीमा सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष डोलराज भण्डारीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले स्थापना काल देखि नै सहकारी सिद्धान्त र सर्वमान्यमुल्य मान्यतालाई अंगिकार गर्दै संस्था र सदस्यको हितलाई केन्द्रमा राखि आर्थिक र सामाजिक कार्यहरुले गर्दा संस्थाको गरिमा उच्च भएको बताउनुभयो ।

उक्त कार्यक्रममा कोषाध्यक्ष यम प्रसाद खनालले संस्थाको कुल ३ करोड ८३ लाख ६० हजार बराबरको आयव्यय विवरण प्रस्तुत गर्दै संस्थाले आर्थिक बर्ष २०७५,०७६ मा १४ लाख ३० हजार सुद्धनाफा गर्न सफल रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सचिव भोला पराजुलीले संस्थाको भावि योजना र आर्थिक बर्ष ०७६,०७७ का लागि अनुमानित आयव्यय विवरण र संस्थाका लेखा संयोजक खिमानन्द न्यौपानेले लेखा समितीको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा नेफ्स्कुन बुटवल शाखा प्रमुख राधा पोख्रेल, मोतिलाल क्याम्पस का प्रमुख एवं संस्थाका सल्लाहकार बसन्त सुवेदी, लुम्बिनी बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष लेखनाथ खरेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सोही कार्यक्रममा संस्थामा असल ऋणी,उत्कृष्ट बचत कर्ता, उत्कृष्ट बाल बचत कर्ता लगाएतलाई प्रसंशापत्रले सम्मान समेत गरिएको थियो । ४ सय ८१ जना शेयर सदस्य रहेको उक्त संस्थाको साविक रामनगर गाविस कार्य क्षेत्र रहेको छ । संस्थाका कार्य समिती सदस्य कुल बहादुर रानाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव भोला पराजुलीले गर्नु भएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया