गुल्मी चारपाला सम्पर्क समाजद्धारा स्वास्थ्य शिविर

प्रकाशित मिति:

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज को आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गुल्मी चारपालाको दरबारमा शनिवार स्वास्थ्य शिविर गरिएको हो । स्वास्थ्य शिविरमा मुटु, दम, छाती, फोक्सो, पेट , सुगर, मृगौला, स्त्री रोग तथा बालरोग को उपचार गरिएको थियो । शिविरको गुल्मी दरबार गाउंपालीकाका अध्यक्ष अशोक कुमार थापाले उद्घाटन गर्नुभएको थियो । उक्त शिविर उद्घाटन गर्दै वहांले कर्मथलो अन्यत्र भएपनि आफ्नो ठाउंको लागि विशेषज्ञसहित समाजले स्वास्थ्य शिविर गरेर राम्रो काम गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ट मुटुरोग विशेषज्ञ डाक्टर दिपेश प्रधानले स्वास्थ्यका लागि के कस्ता खानपिन गर्ने र सरसफाईमा कसरी ध्यान दिनेबारे जानकारी गराउनुभएको थियो । श्री इश्वरी मावी चारपालाको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिराबहादुर खत्री, प्रधानाध्यापक हरि कार्की लगायतले बोल्दै सामाजिक कार्यमा स्वास्थ्यप्रतिको विशेषज्ञ सेवाले स्थानीयलाई ठुलो टेवा पुगेको भन्दै समाजको प्रशंसा गर्नुभयो ।


गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजका अध्यक्ष हुमनाथ ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष उषा खत्रीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव विकास राउतले गर्नुभएको थियो । शिविरका लागि सिद्धबाबा हस्पिटल एण्ड रिसर्च प्रालीले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा समाजलाई सहयोग गर्ने सहयोगीदातालाई सम्मान समेत गरिएको थियो ।