म्याग्दीमा अर्को दुर्घटना : ४ जनाको मृत्यु

प्रकाशित मिति:

म्याग्दी – म्याग्दीमा आइतबार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–७ बिममा भएको बस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट बिमतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस बिममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुव शर्माले जानकारी दिए । दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ३० जनाको दरवाङ स्थित स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।