शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले निकाल्यो यस्तो संयुक्त विज्ञप्ति

प्रकाशित मिति:

काठमाडौं – मेडिकल कलेजका विद्यार्थीहरुले शुल्क लगायतका विषयलाई लिएर गर्दै आएको आन्दोलनप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण भएको छ। मन्त्रालयले र आयोगले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै मेडिकल कलेजहरुलाई सरकारले तोकेको शुल्क लिन र विगतमा गरेको सम्झौता अनुसार बढी उठाइएको शुल्क फिर्ता गर्न अनुरोध गरेका छन्।

मन्त्रिपरिषद्को विगतको निर्णय र मन्त्रालयको निर्देशन अवज्ञा भए कानुनी कारबाही अगाडि बढाइने लगाएत विज्ञप्तिमा उल्लेख छ।मन्त्रालय र आयोगले विद्यार्थी तथा अभिभावकलाई कलेजहरुले तोकिएको भन्दा बढी शुल्क लिइएको भए बढी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी गर्न पनि आग्रह गरीएको छ। शुल्क फिर्ताको माग लिएर नेसनल, युनिभर्सल, चितवन र गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्।