राहुल गान्धीले काठमाण्डौमा ननभेज खाएको भन्दै भारतमा बिरोध : खासमा के खाएका थिए उनले ?

प्रकाशित मिति:

काठमाण्डौ / भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी कैलाश मानसरोवरको तीर्थाटनका लागि सुटुक्क नेपाल आएको कुरा मिडियामा आइहाल्यो , आए मात्र हैन के खाए भन्ने कुराले पनि चर्चा पायो । समाचार अनुसार उनको डिसमा चिकन मोमो, चिकन कुरकुरे र बँदेलको मासु अर्डर गरेको खबर आयो । हामीलाई त यो कुराले त्यति तानेन तर भारतमा भने राम्रै बजार पिटेको छ । भारतीय मिडियाहरुका अनुसार राहुलले ननभेज खाना खाई हिन्दु धर्मको खिल्ली उडाएको भन्दै व्यापक बिरोध गएको छ ।

नेपाली मिडियामा उनले खाएको खानाको खबरले हंगामा पिटेको भारतमा उनले खाना खाएको रेष्टुरेण्टले उनले ननभेज नखाएको स्पष्ट पारेर माहोल सामान्य बनाउने प्रयास गरेको छ । रेष्टुरेण्टले फेसबुक पेज मार्फत गान्धीले मेनु हेरेर भेज आइटम अर्डर गरेको बताएको छ । साथै उसले उनले खाएको खानाको बारेमा कतै कुनै मिडियालाई जानकारी नदिएको समेत स्पष्ट पारेको छ । खासमा गान्धीले त्यस दिन फेमस भेज थाली अर्डर गरेको खुलेको छ । यसमा बिभिन्न प्रकारका तरकारीका आइटमहरु रहेका हुन्छन् । रेष्टेरेण्टका अनुसार राहुलले आलु अचार,क्रिप्सी कन आदी मिश्रित थियो ।

उनले नेवारी खाना खाएको भन्दै भारतीय मिडियामा पनि रेष्टुरेण्टका एक वेटले खबर पुराएका थिए । यो कार्यलाई बिजेपी लगायतका दलले राहुल गान्धीले धार्मिक भावनामा आहात पुराउने काम गरेको, मानसरोवरको यात्रामा बिध्न निम्ताएको भन्दै बिरोध गरेको थियो । काँग्रेसले भने रेष्टुरेण्टले उनले भेज खाएको स्पष्ट पारे पछि बिबाद झिक्नु बेकारको कुरा भएको भनेको छ ।

३१ अगस्तमा नेपाल आएका गान्धीको मानसरोवर यात्रा १२ दिनको भएको बताइएको छ ।उनी नेपालमा आइ होटल र्याडिसनमा बसेका थिए । हिन्दु पुराण अनुसार भगवान शिवको निवास मानिने मानसरोवरमा तिर्थयात्रा गर्ने गहिरो इच्छा पुरा गर्न हिँडेका राहुललाई यस भन्दा अगाडि कर्नाटकको चुनावी प्रचारका क्रममा मन्दिर जाने बेला पनि उनले ननभेज खाएको आरोप लागेको थियो जुन हाल सम्मै अपुष्ट छ ।