नयाँ प्रदेश प्रमुखहरुको नियुक्ति भोलि !

प्रकाशित मिति:

काठमाडौं – सरकारले सातैवटा प्रदेश प्रमुख नियुक्तिको तयारी सोमबारलाई सारेको छ । आज नै मन्त्रिपरिषद् बैठक बसी प्रदेश प्रमुखहरुहरुको नियुक्तिको तयारीमा थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पछाडि सारेर नेकपाको सचिवालय बैठकमा सरिक हुँदा सम्भव नभएको बुझिएको छ । योसँगै साँझ ५ बजेदेखि बसेको नेकपाको सचिवालय बैठक लम्बिएपछि मन्त्रिपरिषदको बैठक स्थगित भएको हो ।

नेकपा स्रोतका अनुसार सोमबार विहान ९ बजे सचिवालय बैठक बस्ने र ७ बटै प्रदेश प्रमुख टुड्ग्याउने छ । त्यस लगत्तै बिहान ११ बजेका बस्ने मन्त्रिपरिषद् बैठकले प्रमुख नियुक्तिको निर्णय गर्नेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।