सिन्धुपाल्चोक अपडेट- दुर्घटनामा मर्नेको संख्या १७ पुग्यो, ७ को सनाखत

१७ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
42 Shares


काठमाडौं –सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५०(५१ वर्षीया रक्तकुमारी रावत छन् ।त्यस्तै, धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो ।

दुर्घटनामा ४९ जना घाइते भएका छन् । घाइतको धूलिखेल अस्पतालमा उपचार भइरहेको छ । यसैगरी दुई जनालाई बनेपास्थित सिर मेमोरियल अस्पतालमा रिफर गरिएको छ ।घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्दार कार्यमा खटिएका थिए । नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकाल्ने प्रयास भइरहेको जनाइएको छ । प्रहरीका अनुसार बस सडकबाट ३५ मिटर तल खसेको थियो ।बस दुर्घटनाको कारण चालकको लापरबाही भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कालोपत्रे सडक भए पनि घुम्ती र साँघुरो स्थानमा पनि तीब्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रारम्भिक निष्कर्ष छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…
  • डि भी एजुकेशन को आयोजनामा एक दिने सेमिनार सम्पन्न