इंग्लिस प्रिमियर लिग फुटबल–टोटनह्याम र इभर्टनले बराबरी खेले

प्रकाशित मिति:

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले बराबारी खेलको छ ।एभरर्टनको मैदानमा आइतवार राति सम्पन्न खेल १–१ को बराबरीमा सकिएको थियो ।टोटनह्यामले ६३ औं मिनेटमा गरेको गोललाई जोगाउन नसक्दा इभर्टनसँग पारजित भएको हो ।अलिले ६३ मिनेटमा गोल गरेका थिए । तर खेलको ७९ औं मिनेटमा सन होङ मिन रातो कार्ड खाँदै बाहिरिएसँगै १० खेलाडीमा सिमित रहेको टोटनह्याममाथि खेलको इन्जुरीसमयमा इभर्टनका तोसुनले गोल गरेका थिए ।

एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजको गोलीगाँठोमा गम्भीर चोट लागेको छ ।सनको ट्याकलका कारण गोमेज लडेका हुन् र आफ्नो कारणले विपक्षी टिमका साथी खेलाडी गम्भीर चोटग्रस्त भएपछि सन रोएका हुन् । ट्याकलका कारण सनले सिधै रातो कार्ड पाएका थिए ।